
तेह्रथुम, वैशाख २१ । तेह्रथुमको बसन्तपुरस्थित घुर्मिसे र तीनजुरे पाथीभरा मन्दिर क्षेत्रमा खानेपानीको चरम समस्या भएको छ ।
कुहिरोबाट पानी जम्मा गर्ने प्रविधि बिग्रिएपछि मन्दिरको दर्शन गर्न आउने दर्शनार्थी, आन्तरिक तथा बाह्य पर्यटक र स्थानीयलाई खानेपानीको अभाव भएको हो ।
२ हजार ८ सय मिटरदेखि माथि रहेका यी स्थानमा पानीका अरु कुनै मुहान नभएपछि दशकअघि कुहिरोबाट पानी संकलन गर्ने प्रविधि जडान गरिएको थियो ।
अहिले बिग्रिएर पुनः मर्मत गर्न नसक्दा समस्या भएको स्थानीयहरु बताउँछन् । करिब १८ लाख रुपैयाँको लगानीमा नेपाल स्वास्थ्यका लागि पानी नामक संस्थाले कुहिरोबाट पानी संकलन गर्ने जाली राखेर स्थानीयस्तरमै पानी जम्मा गर्ने प्रविधि जडान गरिदिएको थियो ।
प्रतिक्रिया दिनुहोस्