
मोरङ, वैशाख २१ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दर–दुलारीमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।
बिरगंजबाट काँकडभिट्टातर्फ आउँदै गरेको ना४ख ६३७९ नम्बरको बस सुन्दर–दुलारी नगरपालिका १ स्थित गोठगाउँमा बिहान साढे तीन बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा बसका चालकसहित २० जना सामान्य घाइते भएकाले उनीहरुलाई उपचारकालागी बिराटनगर तथा धरानस्थित विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानतर्फ पठाइएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्