काठमाडौं, वैशाख २१ । सूचनामा नागरिकको पहुँच मौलिक हकको रुपमा हुनु पर्नेमा पत्रकारहरुले जोड दिएका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज राजधानीमा भएको कार्यक्रममा पत्रकारहरुले नागरिकहरुले सहजरुपमा सूचना पाउन नसकेको भन्दै त्यसका लागि दबाब आवश्यक रहेकोमा जोड दिए ।
उनीहरुले सञ्चार क्षेत्र निष्पक्ष नभएको, पत्रकारहरुको सुरक्षा नभएको भन्दै पत्रकार महासंघ गम्भिर हुनु पर्नेमा जोड दिए ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा, पत्रकारहरु देवप्रकाश त्रिपाठी र कुन्दन अर्यालले नेपालमा अझै पनि पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेण्टी हुन नसकेको भन्दै यसकालागि सरकारी प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिए ।




प्रतिक्रिया दिनुहोस्