२ असार २०८२, सोमबार | Tue Jun 17 2025


कार्यकर्ता पक्राउको विरोधमा क्रान्तिकारीले गरायो शैक्षिक संस्था बन्द


0
Shares

काठमाडौं, वैशाख २१ । राजधानीका सामुदायिक तथा निजी शैक्षिक संस्था मंगलबार बन्द गरिएका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)ले आफ्ना विद्यार्थी नेता तथा कार्यकर्ता पक्राउको विरोध गर्दै सम्पूर्ण शैक्षिक संस्था बन्दको आह्वान गरेको हो ।

यही वैशाख १५ गते काठमाडौंका जिल्ला शिक्षा अधिकारी शंकरप्रसाद गौतममाथि कालोमोसो दलेर दुर्व्यवहार गर्ने क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश अधिकारी र जिल्ला सदस्य विकास अधिकारीलाई प्रहरीले वैशाख १७ गते पक्राउ गरेको थियो ।

सोही पक्राउको विरोधमा सोमबार जिल्ला शिक्षा कार्यालय काठमाडौंमा धर्ना दिन बसेका केन्द्रीय सदस्य कलम बडुवाल, काठमाडौं जिल्ला सदस्य महेन्द्र तामाङ, सुमन तिम्सिना, रोजिना चौलागाईं र उषा किरणलाई थप पक्राउ गरेको क्रान्तिकारीका अध्यक्ष पूर्ण सिंहले जानकारी दिए ।

राहत शिक्षकका विषयमा मनोमानी निर्णय गरेकोलगायत आरोप लगाउँदै सल्यानका जिशिअ बुर्खप्रसाद रजकलाईसमेत मंगलबार कालोमोसो दली कारबाही गरिएको संगठनले जनाएको छ । रासस

फाइल फोटो