
काठमाडौं, वैशाख २१ । प्रमुख सत्तारुढ दल नेकपा (एमाले संसदीय दलले व्यवस्थापिका–संसदमा प्रभावकारी ढंगले प्रस्तुत हुने दृढता व्यक्त गरेको छ ।
संसद भवन नयाँ बानेश्वरमा मंगलबार बसेको एमाले संसदीय दलको बैठकमा बजेट अधिवेशनका विषयमा छलफल भएको पार्टीका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।
बैठकमा सरकारको नीति तथा कार्यक्रम र बजेटको प्रक्रियाका विषयमा छलफल हुनाका साथै संसदमा प्रभावकारीरुपमा प्रस्तुत हुने विषयमा छलफल भएको उनले बताए ।
सांसद रेवतीरमण भण्डारीकाअनुसार प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा उठाउने विषयमा प्रभावकारीरुपमा प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिएका थिए । रासस
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्