२ असार २०८२, सोमबार | Tue Jun 17 2025


‘शरीरमा लगाएको एकसरो कपडाबाहेक केही छैन’, पीडित आक्रोशित (भिडियोसहित)


0
Shares

रुद्रगोपाल डाँगी (इमेज)
रुकुम, वैशाख २१ । रुकुमको आठविसकोट गाविस–३ दाजेमा भएको आगलागीका पीडितहरुको दैनिकी कस्टकर बनेको छ ।

यही वैशाख १४ गते भएको आगलागीबाट यहाँका ११ घरपरिवार घरबारविहीन भएका छन् भने करोडौं रुपैयाँ बराबरको क्षति भएको थियो । पीडितहरु अहिले आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन् ।

आगोका कारण सबैको घरका अन्नपात, लत्ताकपडा, भाँडाकुडाका साथै धनमाल जलेर नस्ट भएको छ ।

अहिले आफूहरुसँग शरीरमा लगाएको एकसरो कपडाबाहेक केही नभएको भन्दै पीडितहरु सहयोगको अपेक्षासहित सरोकारवाला निकायसँग गुहार मागिरहेका छन् ।

आगलागीको तीन दिनपछि जिल्ला प्रकोप व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बंशीकुमार आचार्य नेतृत्वको टोली घटनास्थलतर्फ गएको थियो ।

तर, सम्बन्धित ठाउँमा नपुगी वास्तविक पीडितलाई थाहा नै नदिइ बीचबाटोमा नै राहत वितरण गरेको पीडितको गुनासो छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्)