१९ श्रावण २०८२, सोमबार | Tue Aug 5 2025


फौजदारी न्याय प्रशासनलाई प्रभावकारी रुपमा अगाडि बढाउने गृहकार्य भइरहेको छ : महान्यायाधिवक्ता


0
Shares

काठमाडौं, वैशाख ३१ । महान्यायाधिवक्ता अग्नि खरेलले फौजदारी न्याय प्रशासनलाई प्रभावकारी रुपमा अगाडि बढाउने गृहकार्य भइरहको बताएका छन् ।

आज आफ्नै कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले फौजदारी न्यायलाई प्रभावकारी बनाउने तयारी भइरहेको जानकारी दिए ।

महान्यायाधिवक्ता खरेलले सरकारी वकिलको दरबन्दी पर्याप्त नहुँदा समस्या भएको र मुद्दा बढी हुँदा सरकारी वकिलको कार्यबोझ बढेको बताए । पछिल्लो समय ६५ प्रतिशतले मुद्दाको संख्या बढेको उनले जानकारी दिए ।

कर र राजश्व कानुनमा नयाँ मुद्दा थपिदै गएको भन्दै महान्याधिवक्ता खरेलले कानुन संशोधनको आवश्यकता औंल्याए ।

उनले कार्यालयमा हेलो साक्षी कार्यक्रम सञ्चालन गरिएको, आगामी वर्षभित्र ३८ वटा सरकारी वकिलको कार्यालय भवन निर्माण सम्पन्न गरिने बताए । उनले सरकारी वकिलको कार्यबोझको कारण कार्यालय र निवास एउटै भवनमा व्यवस्था गर्न लागेको बताए ।

यसैबीच महान्यायाधिवक्ताको कार्यालयले बालमैत्री वातावरण सृजना गर्न शिशु स्याहार केन्द्र स्थापना गरेको छ ।