काठमाडौं, वैशाख २१ । अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०१७ को नजिता मंगलबार (आज) राति सार्वजनिक हुँदैछ ।
नेपाली समयअनुसार राति १० बजे डीभीको नतिजा सार्वजनिक हुन लागेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।
सन् २०१५ अक्टोबर १ देखि नोभेम्बर ३ सम्म भरेको डीभी लोटरीको नतिजा प्रकाशन हुन लागेको हो ।
डीभीको नतिजा मंगलबार राति १० बजेपछि https://www.dvlottery.state.gov/ मा हेर्न सकिने छ ।
यसै सन्दर्भमा दूतावासले मंगलबार एक सूचना जारी गरी आफ्ना निवेदकहरुलाई सचेतसमेत गराएको छ ।
दूतावासले डीभीका सम्बन्धमा फोन वा इमेलबाट गरिने सबै किसिमका सोधपुछहरु ग्राहक सेवाकेन्द्रमा गर्नुपर्ने जनाएको छ ।
नेपालमा सोमबारदेखि शुक्रबारसम्म (बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म) सो केन्द्रको फोन नम्बर १–८००–०९१–०११४ मार्फत् सम्पर्क गर्न सकिने दूतावासले उल्लेख गरेको छ ।
डीभी विजेताहरुलाई सफल भएको जानकारी गराएको भन्दै दूतावासले कुनैपनि इमेल नपठाउने पनि उल्लेख गरिएको छ ।
यस्तै, भिसा अन्तर्वार्ताका लागि अग्रिम शुल्क बुझाउन भन्दै दूतावासले कुनैपनि किसिमको इमेल, चिठ्ठी, अनुरोध नपठाउने पनि जनाइएको छ ।
काठमाडौंस्थित अमेरिकी दूतावासको सूचना पढ्नुहोस्ः




प्रतिक्रिया दिनुहोस्