
काठमाडौं, वैशाख २१ । स्थानीय निकायलाई निर्वाचित जनप्रतिनिधिमार्फत् सन्चालन गर्न-गराउनका लागि तत्काल निर्वाचनको मिति घोषणा गराउन माग गर्दै मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।
अधिवक्ताहरु डा. चन्द्रकान्त ज्ञवाली, परशुराम उपाध्याय, विमल ज्ञवाली र लीलाधर उपाध्यायले दायर गरेको रिट निवेदनमा स्थानीय तहको निर्वाचनको मिति घोषणा नहुँदा संविधानको कार्यान्वयन तथा सरकार स्वयंबाट सार्वजनिक प्रतिबद्धता कार्यान्वयन नहुने भएको र जनताको निर्वाचित सरकारबाट शासित हुने नैसर्गिक अधिकार हनन् हुने भएकाले शीघ्र निर्वाचनको मिति घोषणा गर्न माग गरिएको छ ।
सो रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, नेपाली कांग्रेस तथा संसदमा विपक्षी दलको नेता, स्थानीय विकास मन्त्रालय निर्वाचन आयोगलगायतलाई विपक्षी बनाइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्