
काठमाडौं, वैशाख २१ । मंगलबार शेयर बजार परिसूचक नेप्से सामान्य अंकले झरेर करेक्सन भएको छ ।
यसदिन नेप्से साढे २ अंकले झरेर १४ सय ७१ बिन्दूमा आइपुग्यो । यसदिन जलविद्युत्, होटल र उत्पादनमूलक समूहबाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आएसँगै नेप्से ऋणात्मक रहन गएको हो ।
यसदिन बीमा समूह सबैभन्दा उच्च ६० अंकले झर्यो भने उत्पादनमूलक समूह ३३ अंकले बढ्यो ।
यसदिन कारोबार परिमाण भने उच्च नै रह्यो । १ सय ३३ कम्पनीको २३ लाख कित्ता शेयर ९६ करोड ८२ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्