
काठमाडौं, वैशाख २१ । पूर्वअर्थमन्त्री वर्षमान पुनले सामाजिक न्यायसहितको तीव्र आर्थिकबृद्धिमा आगामी बजेट केन्द्रित हुनुपर्ने बताएका छन् ।
सस्तो लोकप्रियताको लागि नभइ निजी क्षेत्र, सर्वसाधारणको अपेक्षा बजेटमा समेटिनुपर्ने उनको भनाइ छ ।
मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा पूर्वअर्थमन्त्री पुनले भूकम्पपछिको पुनःनिर्माणलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा पनि जोड दिए ।
उनले खर्च हुने क्षेत्रमा बजेट विनियोजन गरिनुपर्ने पनि बताए ।
यस्तै, पूर्वअर्थसचिव युवराज भुसालले ‘अर्ली बजेट’ आउन लागेकाले बजेट कार्यान्वयनमा सहजता आउने बताए । बजेटले उर्जालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।
नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष सुरेन्द्रवीर मालाकारले नाजुक अवस्थामा रहेको अर्थतन्त्रलाई अगाडि बढाउने बजेट आवश्यक रहेको बताए ।
तीव्र आर्थिकबृद्धिका लागि निजी क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए ।
प्रतिक्रिया दिनुहोस्