
संखुवासभा, वैशाख २२ । संखुवासभाको मादी नगरपालिकाबाट दुई थान भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन् ।
मादी नगरपालिका–२ का ६५ वर्षीय केशरबहादुर देवान र सोही ठाउँका ५३ वर्षीय सुरेन्द्र देवानको घरबाट प्रहरीले एक–एकवटा भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ ।
विशेष सूचनाका आधारमा प्रहरी चौकी मादीरामवेनी र मादी मुलखर्कबाट खटिएको टोलीले दुबै जनाको घर खानतलासी गर्दा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्