काठमाडौं, वैशाख २२ । काठमाडौंको मित्रपार्कमा आज पानी ट्यांकर र भ्यान आपसमा ठोक्किदाँ ५ जना घाइते भएका छन् ।
भ्यान चालक कपनमा बस्दै आएका ओखलढुङ्गा श्रीचोरका अवन नेपाल, भ्यानमा सवार कपनमै बस्ने रामेछाप हिलेकी चन्द्रकला श्रेष्ठ, झापाकी कविता श्रेष्ठ, काभ्रे देउपुरका रत्न बहादुर डोटेल र बाग्लुङ्गका दिल बहादुर खड्का घाइते भएका हुन् ।
घाइतेहरुको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बा२ख ९१३७ नम्बरको पानी ट्यांकर र बा१३च ६८२२ नम्बरको डेलीभरी भ्यान आज विहानै साढे ३ बजे आपसमा ठोक्किएका थिए । दुर्घटना पश्चात फरार रहेका ट्यांकर चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न दुवै सवारी साधनलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।




प्रतिक्रिया दिनुहोस्