१९ श्रावण २०८२, सोमबार | Tue Aug 5 2025


उर्लाबारी नगरपालिकाभित्र सञ्चालित पाँचवटा क्रसर बन्द गर्न निर्देशन


0
Shares

विराटनगर, वैशाख ३१ । मोरङको उर्लाबारी नगरपालिकाभित्र सञ्चालित पाँचवटा क्रसर बन्द गर्न जिल्ला समन्वय समितिले निर्देशन दिएको छ ।

बस्ती र विद्यालय छेउमा सञ्चालनमा रहेका क्रसरलाई व्यवस्थापन गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चासो राखेपछि जिससले तत्काल बन्द गर्न निर्देशनसहित पत्र पठाएको हो ।

जिल्ला समन्वय समितिले मापदण्ड अध्ययनका लागि सात सदस्यीय समिति गठन गरिसकेको छ । समितिको अध्ययन प्रतिवेदन अनुसार मापदण्ड पुरा नगरेको पाइएपछि ती क्रसर तत्काल बन्द गर्न पत्र पठाइएको जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले जानकारी दिए ।

उर्लाबारी नगरपालिका–१ मा पूर्वेली क्रसर उद्योग, पञ्चेश्वर क्रसर उद्योग, पाथीभरा क्रसर, सिद्धार्थ एग्रिगेट र देवीस्थान मिरल उद्योग सञ्चालनमा छन् । अवैध रुपमा सञ्चालित क्रसर बन्द गर्न माग गर्दै स्थानीयले पाँच महिनादेखि आन्दोलन गर्दै आएका थिए ।