
सिन्धुली, वैशाख २२ । सिन्धुलीको चुरे पहाड र महाभारत पहाड श्रृंखलाका सरकारी तथा सामुदायिक वनहरुमा चैत र वैशाख महिनामा लागेको डँढेलोले वन सम्पदा, वन्यजन्तु र चराचुरुंगीको बासस्थान नामेट भएको छ ।
विगत वर्षको तुलनामा यस वर्षको हिउँद महिनामा लामो समयसम्म पानी पर्न नसक्दा सिन्धुलीका कुल जंगलमध्ये ८० प्रतिशत जंगल डढेलोका कारण विनास भएका हुन् ।
डढेलो हालसम्म पनि पूर्ण रुपमा नियन्त्रणमा आउन नसक्दा बाघलगायतका बन्य जन्तुहरु र चराचुरुंगीका बासस्थान विनास भएका हुन् ।
लामो खडेरीका कारणले वन जंगलमा रहेका पानीका श्रोत मुहानहरु समेत सुकेकाले वन जंगलमा डढेलोबाट बाँचेका वन्यजन्तुहरु समेत धमाधम मर्न थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्