Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


डिभी पर्‍यो भनेर कसैले रकम जम्मा गर भन्लान्, ठगिनुहोला नि !


0
Shares

काठमाडौं, वैशाख २२ । अमेरिकी डाईभर्सिटी भिसा अर्थात इडिभी २०१७ को नतिजा सार्वजनिक भएको छ ।

सन् २०१५ को अक्टोबर १ तारिखदेखि नोभेम्बर ३ तारिखसम्म इडिभी प्रोग्राममा सहभागी हुनेहरुले भरेको डिभी चिठ्ठाको नतिजा गएराति सार्वजनिक भएको हो ।

डिभी चिठ्ठाको नतिजा हेर्न वेबपेज ‘डिभीलटरी डट स्टेट डट गर्भरमेन्ट’मा गएर कन्फरमेसन नम्बर र जन्म मिति हालेर हेर्न सकिन्छ । काठमाडौंमा रहेको अमेरिकी दूतावासले डिभीका सम्बन्धमा फोन या ईमेलबाट गरिने सबै किसिमका सोधपूछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्ने स्पष्ट पारेको छ ।

दूतावासले भिषा वा अन्तर्वार्ताका लागि भनेर कसैसँग पनि अग्रिम शुल्क नलिने स्पष्ट पारेको छ ।

कसैले डिभी परेको छ, रकम जम्मा गर्नु भनेर इमेल वा फोन गरेमा त्यसमा नफस्न समेत सबैलाई दुताबासले सचेत गराएको छ ।

यो कार्यक्रम अन्तर्गत अमेरिकाले नेपाल सहित विभिन्न मुलुकबाट ५० हजार आप्रवासीलाई कानुनी रुपमा अमेरिका भित्र्याउने गर्दछ ।

अमेरिका बसाइँ सराइ गर्न नेपालीहरु पनि डिभी कार्यक्रममा सहभागी हुँदै आएका छन् ।