
काठमाडौं, वैशाख २२ । दोस्रो मिडवाईफ सम्मेलन आजदेखि राजधानीमा सुरु भएको छ ।
‘पहुँच नपुगेका महिलामा पहुँच, भूकम्पपछि मिड्वाईफी सेवालाई सन् २००६ को नीतिगत निर्णयअनुसार सुदृढीकरण गरौं’ भन्ने नारासहित सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनमा आपतकालीन समयमा गर्भवती महिलाको हेरचाह, प्रसुती सेवा, सुत्केरी महिला र नवजात शिशुको हेरचाहमा मिडवाईफ नर्सको भूमिकालगायतका विषयमा छलफल भइरहेको छ ।
दुई दिनसम्म चल्ने सम्मेलनमा महिला गर्भवती भएको समयदेखि बच्चा जन्मने समयमा मिड्वाइफहरुले पु¥याउने सहयोगको विषयमा पनि छलफल भइरहेको छ ।
नेपालमा मिडवाइफको निकै खाँचो भए पनि मिडवाईफ जनशक्ति उत्पादन गर्न नसकिएको सम्मेलनमा आएका सहभागीहरुले बताएका छन् । गर्भवती र सुत्केरी महिलाहरुलाई राम्रो हेरचाह गर्न र आपत्कालीन समयमा मिडवाइफको आवश्यकता निकै रहेको सम्बन्धका पनि सम्मेलनमा छलफल भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्