 
	    बेंग्लोर, वैशाख २२ । इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेट टोली रोयल च्यालेन्जर्स बेंग्लोरका कप्तान विराट कोहलीलाई २४ लाख भारतीय रुपैंया जरिवाना गरिएको छ ।
आईपिएल अन्तर्गत गत सोमबार भएको कोलकाता नाईट राईडर्सविरुद्धको खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरले ढिलो बलिङ गरेको कसुरमा कोहलीलाई जरिवाना गरिएको हो ।
कोहलीबाहेक टोलीका अन्य खेलाडीहरुलाई जनही ६ लाख भारु जरिवाना गरिएको छ ।
यसअघि पनि यस्तै कसुरमा जरिवाना भोगिसकेका कोहलीको टिमले अब फेरि ढिलो बलिङ गरेमा एक खेल प्रतिबन्ध लाग्नेछ । टि–ट्वेन्टी क्रिकेटमा एक ईनिङको लागि ७५ मिनेटको समय छुट्याईएको हुन्छ । यदि कुनै टिमले २० ओभर बलिङ गर्न ७५ मिनेटभन्दा बढी समय लगाएको खण्डमा स्लो ओभर रेटको कसुरमा सजायँ हुने प्रावधान छ ।
रोयल च्यालेन्जर्स विरुद्धको खेलमा कुर्सीमा लात्ती हानेका कोलकाताका खेलाडी गौतम गम्भिरलाई पनि उनको म्याच रकमको १५ प्रतिशत जरिवाना तिराईएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्