
संखुवासभा, वैशाख ३१ । संखुवासभामा बर्षासँगै आएको हावाहुरीका कारण २ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
हावाहुरीले धर्मदेवी नगरपालिकाका ११ घर भत्काएको छ । धर्मदेवी–३ तामाफोकका ओम जिमी, मछेम जिमी, कविन जिमी, योगेन्द्र जिमी र सूर्यमान जिमीको घर पूर्णरुपमा क्षति भएका छन् भने अन्य ६ घरमा आंशिक क्षति भएको नगरप्रमुख रमेश जिमीले जानकारी दिए ।
आइतबार साँझ आएको हावाहुरीले गाईवस्तु बाँध्ने टहरासमेत भत्काइदिएको छ । हावाहुरीसँगै आएको असिना पानीले धर्मदेवी नगरपालिका क्षेत्रमा अलैंची र तरकाली बालीमा ठूलो क्षति पुर्याएको नगरपालिकाले जनाएको छ ।
क्षतिको विवरण संकलन कार्य अझै जारी रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्