
काठमाडौं, वैशाख २२ । लामो समयको खडेरीपछि बुधबार मुलुकका अधिकांश स्थानमा वर्षा भएको छ ।
पश्चिमी वायुको प्रभावले राजधानीलगायत देशका अधिकांश स्थानमा वर्षा भएको हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार सुदूरपश्चिमबाहेक देशका अधिकांश स्थानमा वर्षा भएको जनाएको छ ।
यसअघि, मंगलबार पनि केही स्थानमा वर्षा भएको थियो । वर्षा हुनेक्रम शनिबारसम्म कायम रहने पनि महाशाखाले जनाएको छ ।
लामो खडेरीपछि परेको वर्षाले सर्वसाधारणलाई केही राहत भएको छ ।
प्रतिक्रिया दिनुहोस्