२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


इलामको पर्यटकीय क्षेत्र नयाँबजार ओझेलमा


0
Shares

इलाम, वैशाख ३१ । पर्यटकीय सम्भावना बोकेर पनि उचित प्रचारप्रसारको अभावमा इलामको पर्यटकीय क्षेत्र नयाँबजार ओझेलमा परेको छ ।

माइजोगमाई गाउँपालिकामा पर्ने नयाँ बजार पर्यटकीय सम्पदा भए पनि आन्तरिक व्यवस्थापनको अभावले ओझेलमा पर्दै गएको हो । व्यवस्थित पदमार्गका साथै होटलको राम्रो व्यवस्था नहुँदा पनि यो स्थान ओझेलमा परेको बताइएको छ ।

इलामको उत्तरी क्षेत्रमा पर्ने माइजोगमाई गाउँपालिकामा भौगोलिक कठिनताका बाबजुद पनि पर्यटकका प्रशस्त सम्भावना छन् । यहाँ उत्तरेपोखरी, बालागुरु शिवालयधाम र सांगा छ्योलिङ गुम्बा रहेका छन् । 

सूर्योदयको दृश्यावलोकन गर्न सकिने थुम्के डाँडा लगायतका पर्यटकीय स्थल पनि यहाँ छन् ।

माईजोगमाई गाउँपालिकाको केन्द्र समेत रहेको नयाँबजार जिल्लाको परिचित व्यापारिक केन्द्र हो । साविकका प्याङ, सोयाङ, नामसालिङ लगायतका गाविसको व्यापारिक केन्द्र रहेको नयाँबजारमा भारतसँग सिमाना जोडिएका जौबारी, गोर्खे, पशुपतिनगरलगायतका व्यापारी आउने गरेका छन् ।

सूर्योदय नगरपालिकाबाट माईजोगमाई गाउँपालिका हुुँदै इलाम सदरमुकाम जोड्ने चक्रपथ निर्माण गरिए यसलाई व्यापारिक पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने स्थानीय बताउँछन् ।