३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


न्यायालयले सधैं सूचनाको हकका पक्षमा फैसला गर्दै आएको छ : कार्की


0
Shares

काठमाडौं, वैशाख २२ । कायममुकायम प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायालयले सधैं सूचनाको हकका पक्षमा फैसला गर्दै आएको दाबी गरेकी छन् ।

राष्ट्रिय सूचना आयोगले ८औं स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा गरेको कार्यक्रममा कामु प्रधानन्यायाधीश कार्कीले राज्यले कहिले–काहीँ निरंकुशता लाद्न खोजे पनि न्यायालयले सूचनाको हकका पक्षमा फैसला गरिरहेको बताइन् ।

उनले सूचनाका हकका विषयमा न्यायालय सधैं सकारात्मक भएको बताइन् ।

कार्यक्रममा आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले आयोगलाई पनि प्रादेशिक स्वरुपमा लैजाने बताए ।