१९ श्रावण २०८२, सोमबार | Tue Aug 5 2025


७१ जना विद्यार्थीलाई छात्रवृत्ति


0
Shares

ताप्लेजुङ, वैशाख ३१ । ताप्लेजुङ समाज नेपालले ताप्लेजुङका पाथीभरा बहुमुखी क्याम्पस र सिनाम क्याम्पसमा अध्ययनरत ७१ जना विद्यार्थीलाई प्रत्याभूत छात्रवृत्ति वितरण गरेको छ ।

समाजले वार्षिक शुल्क बेहोर्ने गरी जनही ९ हजार ५५० रुपैयाँका दरले छात्रवृत्ति वितरण गरेको हो । आर्थिक अभावलगायतका कारण आफ्नो पढाईलाई निरन्तरता दिन नसकिरहेकालाई सहयोग पुगोस् भन्ने उद्देश्यले छात्रवृत्ति रकम प्रदान गरिएको समाजका अध्यक्ष डम्बरबहादुर तुम्बाहाम्फेले जानकारी दिए ।

छात्रवृत्ति रकम सहयोग गर्नेमा हङकङ, युके, अमेरिका, युएईलगायतका ठाउँमा रोजगारीका क्रममा रहेकाहरु समेत छन् । अहिले छात्रवृत्ति पाएका विद्यार्थीलाई स्नातक तह पुरा नहुँदासम्म वार्षिक रुपमा यस्तो छात्रवृत्ति प्रदान गर्ने साथै आगामी वर्ष केहीलाई थप गर्नेसमेत आफूहरुको योजना रहेको समाजका महासचिव अग्नि पौडेलले बताए ।

२०४७ सालमा स्थापना भएको पाथीभरा बहुमुखी क्याम्पसमा हाल स्नातक तहमा ५५० जना र स्नातकोत्तर तहमा ५३ जना विद्यार्थी रहेको क्याम्पस प्रमुख मोहनकुमार राईले जानकारी दिए ।