१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


सुनको मूल्य २ सयले झर्‍यो


0
Shares

काठमाडौं, वैशाख २२ । मंगलबार सुनको मूल्य स्थीर रहेकोमा बुधबार पुनः सामान्य कमी आयो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै बुधबार स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले कमी आएर ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले सस्तिएर ७ सय ९० रुपौयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंस १२ सय ८७ डलर हाराहारीमा कारोबार भएको थियो ।