हेटौंडा, वैशाख २२ । मकवानपुरमा मुसलधारे वर्षापछि आएको बाढीमा परी बुधबार तीनजनाको मृत्यु भएको छ ।
भैंसे गाविस–४ ज्यामिरेखोलामा आएको बाढीमा परी स्थानीय २८ वर्षीया विमला स्याङ्ताङ र १२ वर्षीया अनिशा मोक्ताङको मृत्यु भएको हो ।
त्यस्तै, भैंसे–३ आँपखोलामा आएको बाढीले बगाउँदा अन्दाजी ४० वर्षीय एक पुरुषको मृत्यु भएको छ ।
उनको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्