३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


भूकम्प पीडितद्वरा पुनःनिर्माणको काममा अवरोध


0
Shares

सिन्धुली, बैशाख २३ । भूकम्प पीडितहरुको नामावली संकलनमा विगतमा सरकारद्धारा परिचालित ईन्जिनियरहरुले पीडितहरुको तथ्यांक तथा विवरण संकलन गर्दा अनियमितता गरेको आरोप लगाउदै सिन्धुली जिल्लाका भूकम्प पीडितहरुले पुननिर्माण कार्य अगाडि बढ्न नदिने भएका छन ।

जिल्लाका करिब १५ गाविसका ७ हजार  पडितहरुले जिल्ला प्रशासन कार्यलयमा डेलिगेशन बुझाउदै दैनिक धर्ना दिने निर्णय समेत गरेका छन ।

पुनःनिर्माणको कार्य संचालन गर्नकालागि ईन्जिनियरहरु जिल्ला स्तरीय पुन निर्माणको कार्यालयमा पुगेपनि पीडितहरुको विरोध र गाविस सचिवहरुको असहमतिका कारण पुनः निर्माण श्रोतकेन्द्रहरुद्धारा कुनै कामकाजहरु अघि बढउन नसकेको हो ।