३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


पत्रकारले उठाए कुश्माबजारको फोहोर


0
Shares

पर्वत, वैशाख २३ । पर्वतका पत्रकारहरुले कुस्माबजारका सडकमा सरसफाइ गरेका छन् ।

प्रथम राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा विहीबार राष्ट्रिय पत्रकारिता दिवस जिल्ला समारोह समितिले आयोजना गरेको तीनदिने कार्यक्रमअन्तर्गत् पहिलो दिन कुश्माबजारको सरसफाइ गरिएको हो ।

सरसफाइ अभियानमा जिल्लाका सरकारी तथा गैरसकारी कार्यालय, नागरिक समाज र सुरक्षा निकायका व्यक्तिहरु पनि सहभागी थिए ।

सदरमुकाम कुश्माबजारमा थालिएको सरसफाइ अभियान २२औं हप्तामा पुगेको छ ।