
काठमाडौं । यामाहाको १ सय ५० सिसिको एफ वान प्रविधि र एबिएस जडित एफ जेड बाइक यो समूहमै कठिन यात्रा तय गर्ने पहिलो बाइक बनेको दाबी गरिएको छ ।
यामाहाको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले सोमबार एक कार्यक्रम गरी हिमालयन रोडिजको समूहले यस बाइकमा १३ सय १४ किलोमिटरको दूरी एवं १२ हजार ६ सय फिटको उचाईमा रहेको लोमाथाङ्गःलो को यात्रा ८ दिनमा पूरा गरेको जनाएको हो ।
अप्ठ्यारा सडकहरु र ठाडो भिरालो बाटोहरु पार गर्दै चालकहरु गन्तव्यमा पुगेको र यो रेकर्ड एफ जेडको पहिलो सिरिज प्रस्तुत गर्दा सगरमाथाको आधार शिविरमा राखेको रेकर्ड पछिको अर्को रेकर्ड भएको कम्पनीको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्