
काठमाडौं । सोमबार पनि शेयर बजारमा सुधार जारी रह्यो । नेप्से पुनः १३ सय माथी पुग्यो । कारोबार पनि पौने अर्ब बढी भयो ।
उतार चढावबीच बजार परिसूचक नेप्से साढें ६ अंकले उकालो लागेर १३ सय १ कायम भयो ।
कारोबार भएका मध्ये बढी जसो समूह सकारात्मक रहेसंगै नेप्से धनात्मक रहन गएको हो ।
बीमा, व्यापार, लघुवित्त र वित्त समूह बाहेक अरु सबै समूह सकारात्मक रहेका हुन् । उत्पादनमूलक समूह सबैभन्दा उच्च ५९ अंकले उकालो लाग्यो ।
जलविद्युत समूहमा ३५ अंकको बृद्धि आयो । होटल, अन्य र विकास बैंक समूह पनि दोहोरो अंकले सुधारिए ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ६९ कम्पनीको २४ लाख बराबर कित्ता शेयर उनासी करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्