३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


‘सिन्डिकेट’का व्यवसायी छुटाउन गोरखामा यातायात बन्द


0
Shares

गोरखा, वैशाख २३ । सिन्डिकेट कायम राख्न पाउनुपर्ने माग राखेर यातायात व्यावसायी समिति गोरखाले विहीबारदेखि गोरखामा अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको छ ।

बन्दका कारण दिनभर गोरखाबाट चल्ने सार्वजनिक यातायातका साधन चल्न सकेनन् ।

आरुघाट यातायात प्रालिको गाडी तोडफोड गर्न जाँदा प्रहरीले पक्राउ गरेका २३ जना व्यवासायीलाई छुटाउन दबाव दिँदै गोरखा यातायातले जिल्लाभर सार्वजनिक यातायात सन्चालन ठप्प बनाएको हो ।