१९ श्रावण २०८२, सोमबार | Tue Aug 5 2025


मिडिया काउन्सिल विधेयक संशोधन मार्फत परिमार्जन गर्न सकिन्छः अध्यक्ष तमिल्सिना


0
Shares

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संसदमा दर्ता भएको नेपाल मिडिया काउन्सिल विधेयक संशोधन मार्फत परिमार्जन गर्न सकिने बताएका छन् ।

नेपाल पत्रकार महासंघको ज्ञापनपत्र बुझ्दै उनले मन्त्रीपरिषदबाट पारित गर्ने क्रममा विधेयकमाथि खासै छलफल नहुने भन्दै संशोधनका क्रममा सरोकारवालाहरुसँग छलफलको वातावरण बनाउन पहल गर्ने बताए ।

सो अवसरमा महासंघका अध्यक्ष गोविन्द आचार्यले पञ्चायत कालमा पनि नभएको प्रावधानसहित ल्याइएको विधेयक तुरुन्त फिर्ता लिन र सरोकारवालासँगको छलफल र सहमतिमा अर्को मस्यौदा बनाउन माग गरे ।

महासंघले प्रेस विरोधी विधेयकको विरोधमा जेठ ३ गते काठमाडौंमा संसद् भवन बाहिर र जिल्ला सदरमुकामहरुमा सञ्चार साधनसहित वृहत प्रदर्शन गर्ने भएको छ ।