३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


मन्त्रिपरिषद्बाट नीति तथा कार्यक्रम पारित


0
Shares

काठमाडौं, वैशाख २४ । सरकारले संसदमा पेश हुने नीति तथा कार्यक्रम पारित गरेको छ ।

हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले सरकारले आइतबार सदनमा पेश गर्ने नीति तथा कार्यक्रम पारित गरेको हो ।

सरकारले पारित गरेको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सदनमा पेश गर्ने कार्यक्रम छ । सरकारले बजेटका सिद्धान्तहरु हिजै सदनमा पेश गरिसकेको छ ।

मन्त्रिपरिषद्ले भूकम्प प्रभावितहरुको संरचनासम्बन्धी कार्यविधि स्वीकृत गरेको छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहण गर्ने र स्वदेशी स्रोत प्रयोग गरी निर्माण गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

त्यसैगरी सरकारले पत्रकारहरुको न्यूनतम् पारिश्रमिक १९ हजार ५ सय कायम गर्ने निर्णय गरेको छ । न्यूनतम् पारिश्रमिक निर्धारण समितिले गरेको सिफारिसअनुसार नै मन्त्रिपरिषद्ले न्यूनतमु पारिश्रमिक निर्धारण गरेको हो ।