३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


आज मातातीर्थ औंसी, आमाको मुख हेर्ने दिन


0
Shares

काठमाडौं, वैशाख २४ । आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । वैशाख कृष्ण औंसीका दिन हिन्दू धर्मावलम्बीले आमाको मुख हेर्ने दिनका रुपमा मनाउने गर्दछन् ।

आमाप्रति श्रद्धाभक्ति, आदर र सम्मान गरी मातातीर्थ औंसी मनाईने चलन छ । बिहानैदेखि छोराछोरीले नुवाईधुवाई गरी आमालाई मीठामीठा परिकार बनाई खुवाउने तथा नयाँ–नयाँ लुगा उपहार दिएर आशिर्वाद लिने गरिन्छ ।

घरबाट बाहिर रहेका र विवाह गरि घरजम गरेका धेरै जसो छोराछोरी आमाको मुख हेर्न घर जाने गर्दछन् ।

आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् र कष्टपूर्ण कामको सम्झना गदै आमालाई सम्झिरहेका छन् ।

आजको दिन दिवंगत आमाको सम्झनामा स्थानीय ठाउँमा रहेका तीर्थस्थलमा गएर त्यहाँ रहेका देवीदेवताको मठ मन्दिरमा पूजा आजा गरि आमाको सम्झना गरिरहेका छन् ।

राजधानीमा आजकै दिन थानकोट मातातीर्थमा मेला लागेको छ । मातातीर्थमा भेला भई स्नान गरी भगवान विष्णु र शिवको पूजापाठ गर्ने गरिन्छ । थानकोटमा सबैकी आमाको प्रतिकका रुपमा ‘साझा आमा’को मूर्ति पनि स्थापना गरिएको छ । तर यस पटक थानकोटको मातातीर्थमा पानी सुकेकाले समस्या भएको छ ।