३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


ट्याक्टरमा मोटरसाइकल ठोक्किदा आमाछोरीको मृत्यु


0
Shares

कञ्चनपुर, वैशाख २४ । कञ्चनपुरको बेलौरीमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार आमाछोरीको मृत्यु भएको छ ।

बेलौरी नगरपालिका वडा नं. ७ स्थित रामनगरमा बाटोमा रोकिराखेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार आमाछोरीको मृत्यु भएको हो ।

श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट छोरीको उपचार गरी मोटरसाइकलमा घर फर्कदै गरेकी ३० वर्षीया अम्बिकादेवी पाल र उनकी दुई वर्षीया छोरी एलिसाको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकल चालक मृतकका श्रीमान् कल्याणसिंह पालको अवस्था सामान्य छ ।

ट्याक्टर चालक सुखराम रानालाई जिल्ला प्रहरी कार्यालय महेन्द्रनगरले नियन्त्रणमा लिएको छ ।