३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


गर्मी बढेसँगै खानेपानीको हा–हाकार


0
Shares

रौतहट, वैशाख २४ । प्रचण्ड गर्मीसँगै रौतहटको चन्द्रपुर नगरपालिकास्थित ब्रम्हस्थान बस्तीमा खानेपानीको हाहाकार भएको छ ।

पानीकै कारण त्यहाँका बासिन्दा घण्टौं लाईन बस्न बाध्य छन् । दुई महिना यता पानीको मुहान सुकेपछि इनार र हाते पम्पमा पानी आउन छाडेको छ ।

बस्तीका ४ सय ७० घरधुरीका बासिन्दालाई पानीको समस्या परेको हो । चुरे क्षेत्रका वनजंगल अतिक्रमण गरी मानव बस्ती बढेकाले रौतहटको उत्तरी भेगमा खानेपानीको समस्या परेको हो ।

गाउँमा खानेपानीको समस्या भएपछि पानी लिन ग्रागी बोकेर वा साईकलमा अरु गाउँ जानु पर्ने बाध्यता छ । गर्मीयाममा यस भेगमा खानेपानीको समस्या भइरहँदा पनि सम्बन्धित निकायबाट समाधानका लागि ठोस पहल नभएको गुनासो स्थानीयको छ ।