सल्यान, वैशाख २४ । घाँजरी पिपल–९ कालापोखरा जंगलबाट आएको बँदेलले आमखोलीमा पाँच जनालाई घाइते बनाएको छ ।
तरकारी बारीमा काम गरिरहेका ६६ बर्षीय टेक बहादुर बुढाथोकी, ५० वर्षीय चित्रलाल बिक, देवस्थल–७ बस्ने गोविन्द पुन, ४० वर्षीय चिमन सार्की र १७ वर्षीय सन्तोष बुढालाई आक्रमण गरी बँदेलले घाइते बनाएको प्रहरीले शुक्रबार जानकारी दिएको छ ।
घाइतेमध्ये टेकबहादुर बुढाथोकीको अवस्था गम्भिर भएकोले उपचारका लागि नेपालगंजतर्फ लगिएको जनाइएको छ । अन्य ४ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पाँच जनालाई घाइते बनाएपछि उक्त बँदेल भिरबाट खसेर मरेको थियो ।




प्रतिक्रिया दिनुहोस्