
काठमाडौं, वैशाख २४ । नेपालको जेठो पत्रिका गोरखापत्र दैनिकले प्रकाशनको १ सय १६औं वार्षिकोत्सव शुक्रबार मनाएको छ ।
विक्रम संवत् १९५८ सालबाट प्रकाशन सुरु भएको गोरखापत्रको वार्षिकोत्सवकै अवसरमा राष्ट्रिय पत्रकारिता दिवस पनि मनाउने गरिएको छ ।
शुक्रबार राजधानीमा गरिएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार धुव्रहरि अधिकारीलाई वरिष्ठ पत्रकार पुरस्कारबाट सम्मानित गरिन् ।
नेपालको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका अधिकारीलाई ५५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरिएको हो ।
यस्तै, वरिष्ठ साहित्यकार कमलमणि दीक्षित र वरिष्ठ पत्रकार लालदेउसा राईलाई पनि सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्