
काठमाडौं, वैशाख २४ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी सातादेखि गर्ने भनिएको भारत भ्रमण स्थगित भएको छ ।
यही वैशाख २७ गतेदेखि पाँच दिनका लागि हुने भनिएको भ्रमणलाई मन्त्रिपरिषदले अनुमोदन नगरेका कारण भ्रमण स्थगित गरिएको जनाइएको छ ।
परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासलाईसमेत भ्रमण स्थगित भएको जानकारी दिइसकेको बुझिएको छ ।
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्