३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


मन्त्रिपरिषद बैठकः सरकारको नीति तथा कार्यक्रम परिमार्जन गर्ने निर्णय


0
Shares

काठमाडौं, वैशाख २४ । यही वैशाख २५ गते व्यवस्थापिका–संसदमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा केही परिमार्जन हुने भएको छ ।

विहीबार (हिजो)को मन्त्रिपरिषद बैठकले पारित गरेको नीति तथा कार्यक्रममा परिमार्जन गर्ने निर्णय शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले गरेको हो ।

उपप्रधानमन्त्री सीपी मैनालीकाअनुसार बैठकले रक्षामन्त्री भीम रावल र गृहमन्त्री शक्ति बस्नेतलाई बैठकमा आएका सुझावहरुलाई समेटेर नीति तथा कार्यक्रमलाई अन्तिमरुप दिन जिम्मेवारी दिएको छ ।

आगामी आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।