३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


राष्ट्रिय सुरक्षा नीति पारित


0
Shares

काठमाडौं, वैशाख २४ । लामो समयको प्रयासपछि राष्ट्रिय सुरक्षा परिषदले शुक्रबार राष्ट्रिय सुरक्षा नीति पारित गरेको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीमबहादुर रावलले धेरै लामो समयको छलफल, सुझाव, विश्लेषणपछि शुक्रबार बसेको परिषदको बैठकले सुरक्षा नीति अनुमोदन गरेको बताए ।

उनले सुरक्षा नीतिलाई अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइने जानकारी दिए ।

उनले भने–‘कतिपयलाई सुरक्षा नीति भनेको सेना, प्रहरी र अनुसन्धान विभागलाईमात्रै समेट्छ कि भन्ने परेको छ, वास्तवमा यो नीतिले पर्यावरण सुरक्षादेखि प्राकृतिक सुरक्षा, मानवीय सुरक्षा एवं समग्र राष्ट्रको सुरक्षा समेट्छ ।’

सुरक्षा ऐनलाई परिषदले यसअघि नै पारित गरी कानुन मन्त्रालय हुँदै रक्षा मन्त्रालयमा पुगेको र अब मन्त्रिपरिषदमा आउने चरणमा रहेको उनले जानकारी दिए ।

सुरक्षा परिषदमा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, प्रधानसेनापति र मुख्यसचिव सदस्य रहने व्यवस्था छ । रासस

फाइल फोटो