१९ श्रावण २०८२, सोमबार | Tue Aug 5 2025


संस्कृतिविद् सत्यमोहन जोशीको १०० औं जन्मोत्सव यसरी मनाइयो (तस्वीरहरु)


0
Shares

काठमाडौं, वैशाख ३० । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी आजदेखि १०० वर्षमा प्रवेश गरेका छन् ।

जोशीको १०० औं जन्मदिनको अवसर पारेर ललितपुर महानगरपालिकाले सोमबार विशेष कार्यक्रम आयोजना गरेको छ ।

कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जोशीको सम्मान गरिएको छ ।

जोशीलाई बग्गीमा राखेर मंगलबजारदेखि इटी, कुमारीपाटी, जावलाखेल हुँदै पुल्चोक लगिएको थियो ।

सार्वजनिक रथारोहण कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्याण्डले पनि साथ दिएको थियो ।

संस्कृतिविद् जोशीको जन्म विक्रम सम्वत १९७७ वैशाख ३० गते ललितपुरको बखुँबहालमा भएको हो । जोशीले तीन पटक मदन पुरस्कार पाइसकेका छन् ।

तस्वीरहरु : सुनिल प्रधान/ईमेजखबर