
झापा, बैशाख २५ । झापाको मेचीनगर ४ स्थित मागुरमाडी समुदायीक वनमा मृत अवस्थामा एउटा हात्ती फेलापरेको छ ।
आज बिहान मागुुरमाडी सामुदायिक वनको बिट नम्बर दुईमा अन्दाजी चार पाँच वर्षको वयस्क हात्ती करेन्ट लागेर मृत्यु भएको अवस्थामा फेला परेको हो ।
मेचीनगरबाट शान्तिनगर लागि लगिएको ११ हजार केभी भोल्टको विजुलीको तारमा हात्तीको सुडले छुँदा करेन्ट लागेर मुत्यु भएको स्थानीयवासीले बताएका छन् । मृत हात्ती बन कार्यालयका कर्मचारी र स्थानीय प्रहरीले नियन्त्रणमा लिएका छन् ।
प्रतिक्रिया दिनुहोस्