
पोखरा, वैशाख २६ । पोखरामा आजबाट ट्राफिक सप्ताह सुरु भएको छ । सवारी दुर्घटनालाई कम गर्न ट्राफिक नियम सम्बन्धि जनचेतना जगाउने उद्देश्यले ट्राफिक सप्ताह आयोजना गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र नेपाल रेडक्रस सोसाईटीको संयुक्त आयोजनामा शुरु गरिएको ट्राफिक सप्ताहको गण्डकी अञ्चल प्रहरी प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक महेन्द्र पोखरेलले थालनी गरे ।
ट्राफिक सप्ताहको पहिलो दिन प्रभातफेरि गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्