१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


हतियारसहित पक्राउ परेका दुईजना सार्वजनिक


0
Shares

विराटनगर, वैशाख २६ । हतियारसहित पक्राऊ परेका दुई जनालाई मोरङ प्रहरीले आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बिराटनगरमा आज पत्रकार सम्मेलन गरी विराटनगर–११ का सन्दीप प्याकुरेल र जीवन तामाङलाई सार्वजनिक गरिएको हो ।

उनीहरुबाट बरामद गरिएको अमेरिकन पेस्तोल र खाली म्याग्जिन पनि सार्वजनिक गरिएको थियो । प्रहरीका अनुसार विराटनगर–१० स्थित कान्तिपुर होटलबाट उनीहरुलाई प्रहरी नायव उपरीक्षक पवनकुमार भट्टराईको टोलीले गएराति १ बजे नियन्त्रणमा लिएको हो ।