
चौतारा, वैशाख २६ । काठमाडौंबाट चौतारा आइरहेको यात्रु बस आज मध्याह्न सिन्धुपाल्चोकको हर्रेडाँडामा दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।
घाइतेमध्ये १८ जनालाई काभ्रेको धुलिखेल अस्पताल र अन्यलाई जिल्ला अस्पताल चौतारा लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बा२ख ६२६५ नम्बरको सो बस साँगाचोक–७ हर्रे डाँडा नजिक पुगेपछि टाइरिस भाँच्चिएर सडक मुनीको बारीमा पल्टिएको प्रहरी निरीक्षक केदार बस्नेतले बताए । (रासस)
प्रतिक्रिया दिनुहोस्