 
	    काठमाडौं, वैशाख २६ । भ्याली पब्लिक र ओडिसीले प्रथम बीएनए अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार जित हात पारेका छन् ।
भ्याली पब्लिकले आयोजक बसुन्धारा नेसनल एकेडेमी ‘बी’ लाई ३७–२७ ले पराजित गरेको हो । विजेताका सक्रिय अधिकारीले १२ अंक जोडे ।
ओडिसीले लालीगुराँसलाई ३५–२८ ले हरायो ।
जुनियर ब्वाइजकै अन्य खेलमा गोल्डेनपिकले अभियान पब्लिक स्कुललाई २५–२१, एचएचसीएले ज्ञानसिन्दुलाई २७–१९, ग्रिनल्यान्डले हिमालयनलाई १८–८ तथा एन्जल्स हार्टले इडेन ब्रिज एकेडेमीलाई २९–२१ ले पन्छाए ।
सिनियर गर्ल्समा भ्याली पब्लिक ‘बी’ ले भद्रकालीलाई २६–१६, हिमालयनले ओडिसीलाई ७–४, डेनेब एकेडेमीले भ्याली पब्लिक ‘ए’ लाई १९–५ तथा इडेन ब्रिजले ओडिसीलाई १६–९ ले निराश पारे ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्