 
	    विशाखापट्टनम, वैशाख २६ । भारतमा जारी आइपिएल क्रिकेटमा मुम्बई इन्डियन्सले अहिलेसम्मकै फराकिलो हार बेहोरेको छ ।
सनराइजर्स हैदराबादसँग मुम्बई इन्डियन्स ८५ रनले पराजित भएको हो ।
१७८ रनको चुनौती पछ्याएको मुम्बईले १६ ओभर ३ बलमै अलआउट हुँदै ९२ रनमात्र बनाएको थियो । मुम्बईका लागि हरभजन सिंहले सर्वाधिक २१ रन बनाए । मुम्बईको इनिङ्गलाई ध्वस्त पार्ने क्रममा आशिष नेहरा र मुस्तफिजुर रहमानले समान ३–३ विकेट लिए ।
यसअघि हैदराबादले पहिले ब्याटिङ्ग गर्दै शिखर धवनको अविजित ८२, डेभिड वार्नरको ४८ तथा युवराज सिंहको ३९ रनको मद्दतले ३ विकेटको क्षतिमा १७७ रन बनाएको थियो ।
९ खेलबाट पाँच जित र चार हार व्यहोरेको मुम्बई अंक तालिकाको पाँचौं नम्बरमा छ । हैदरावाद भने ८ खेलबाट पाँच जित र तीन हार व्यहोर्दै चौथो नम्बरमा रहन सफल भएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्