४ असार २०८२, बुधबार | Wed Jun 18 2025


गर्भनिरोधक प्रयोग गर्दैनन् पुरुष, अनि जन्मिन्छन् दर्जन छोराछोरी


0
Shares

संखुवासभा, वैशाख २७ । किमाथांका–२ की २५ वर्षीय फन्जुम शेर्पाले २०६६ सालमा निमा छिरिङ शेर्पासँग विवाहपछि अहिले पाँच वर्षीया छोरी पासाङल्हामु, तीन वर्षीय छोरा तेन्जिङ, डेढ वर्षीय छोरा दाबालाई जन्म दिइन् ।

निरक्षर नै भए पनि खुशीले सन्तान पुगेको भन्दै श्रीमानलाई बन्ध्याकरण गर्न अनुरोध गरिन् तर नमानेपछि उनी आफैं गर्भनिरोधक अस्थायी साधन प्रयोग गर्न बाध्य छिन् ।

जिल्लाकै दुर्गम यस क्षेत्रमा अशिक्षितको बाहुल्य छ । गर्भान्तर र गर्भनिरोधक साधन प्रयोग गर्नेको संख्या न्यून छ । भोटखोला क्षेत्रका किमाथांका, हटिया, चेपुवा र पावाखोला गाविसका पुरुषले गर्भनिरोधक साधन प्रयोग नगर्दा महिलाले नै प्रयोग गर्न बाध्य छन् ।

हिमालय प्राथमिक विद्यालय किमाथांकामा कार्यालय सहयोगीका रुपमा कार्यरत फन्जुमका श्रीमान निमाछिरिङले अस्थायी साधन प्रयोगबारे जानकारी गराउँदा सुन्न पनि चाहेनन् ।

उनीजस्तै यी चार गाविसका पुरुष अस्थायी साधन प्रयोग गर्दैनन् । सचेत महिला नभएका परिवारमा १२ जनासम्म सन्तान जन्माउने गरेको पाइन्छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट