२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


म्याग्दीका युवाद्वारा सामूहिक तरकारी खेती


0
Shares

म्याग्दी, वैशाख ३० । म्याग्दीमा युवाहरुले सामूहिक तरकारी खेती सुरु गरेका छन् ।

बेनी नगरपालिका–२ बगरफाँटमा युवाहरुले ‘प्रगति स्वरोजगार कृषि उत्पादन केन्द्र’ स्थापना गरेर सामूहिक तरकारी खेती सुरु गरेका हुन् । विभिन्न क्षेत्रमा संलग्न ४ जना युवाले ८ रोपनी जग्गा १५ बर्षसम्मका लागि भाडामा लिएर व्यवसायिक रुपमा तरकारी खेती सुरु गरेका छन् ।

उनीहरुले १० लाख रुपैँया लगानीमा शुरु गरेको कृषि उत्पादन केन्द्रमा अहिले गोलभेडा, काँक्रो, खुर्सानी, साग लगायतका तरकारी उत्पादन भइरहेको छ ।

हाईटेक प्रविधिको उपयोग गरेर मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्ने र सँगै माछापालन, फूलखेती, कुखुरापालनसमेत सुरु गर्नेे उनीहरुले बताएका छन् ।