 
	    काठमाडौं, बैशाख २७ । एथ्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलको उपाधि होडबाट बाहिरिएको छ ।
ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा पुछारको क्लब लेभान्टेसँग अप्रत्यासित रुपमा २–१ ले पराजित भएर एथ्लेटिको मड्रिड उपाधि होडबाट बाहिरिएको हो ।
दोस्रो मिनेटमा नै फर्नान्डो टोरेसले गोल गर्दै एथ्लेटिको मड्रिडलाई सुरुवाती अग्रता दिलाए । तर एथ्लेटिको मड्रिडले यो अग्रता जोगाउन सकेन ।
३० औं मिनेटमा कासाडेसुस कास्तानोले लेभान्टेका लागि बराबरी गोल फर्काए । पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा लेभान्टेका जुजापे रोसीले अन्तिममा गोल गर्दै जित दिलाए ।
हारपछि पछिल्लो समय शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरी गर्दै दोस्रो स्थानमा रहँदै आएको एथ्लेटिको मड्रिड तेस्रो स्थानमा झरेको छ ।
लिगको एक खेल बाँकी हुँदा एथ्लेटिको मड्रिड शीर्ष स्थानको बार्सिलोनाभन्दा तीन तथा दोस्रो स्थानको रियल मड्रिडभन्दा दुई अंकले पछि छ ।
बार्सिलोनाको ८८, रियल मड्रिडको ८७ तथा एथ्लेटिको मड्रिडको ८५ अंक छ । यो सिजन अहिलेसम्म ८ खेलमा मात्रै जीत निकालेको पुछारको लेभान्टेको ३२ अंक छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्